कार्यसूचीहरु

  • जलाधार व्यवस्थापनका विभिन्न पद्धतिहरूको विकास तथा अभ्यास र त्यसबाट आउने नतिजा एवं परिणामहरूको विश्लेषण सहित स्थानीय, प्रादेशिक तथा राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने ।
  • भू संरक्षण तथा जलाधार व्यवस्थापनका विभिन्न प्रविधिको विकास र प्रचार प्रसार गर्ने ।
  • प्रयोगात्मक परिक्षणमा आधारित जलाधार व्यवस्थापनको रणनीतिक खाका तयार गर्ने ।
  • संघ, प्रदेश र स्थानीय तहमा वातावरण संरक्षण तथा जलाघार व्यवस्थापनसँग सम्बन्धित नीति, रणनीति एवं पद्धती विकासमा अध्ययन अनुसन्धानको आधारमा प्राविधिक पृष्ठपोषण दिने ।
  • संघ, प्रदेश र स्थानीय तहमा रहेका प्राविधिक कर्मचारीहरूको क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • भू संरक्षण तथा जलाधार व्यवस्थापन सम्बन्धी विभिन्न किसिमका अध्ययन अनुसन्धान तथा अध्यापन र विकासका कार्यक्रमहरू सञ्चान गर्ने ।
  • वातावरण संरक्षण तथा जलाधार व्यवस्थापनसँग सम्बन्धित सरोकारवालाहरूसँग राष्ट्रिय एवं प्रादेशिक स्तरमा छलफल, अन्तरक्रिया एवं गोष्ठीहरू सञ्चालन गर्ने गराउने ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालय तथा अध्ययन अनुसन्धानसँग सम्बन्धित संघ संस्थाहरूसँग समन्वय तथा सहकार्य गर्दै जलवायु परिवर्तन लगायत अन्य वातावरणका सवाल तथा जलाधार व्यवस्थापनका विविध आयामहरूमा अध्ययन अनुसन्धानमा सहकार्य तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने ।